धनुषा – मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएका छन् । एमाले र माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएसंगै मधेस सरकारका दुई सत्ता साझेदार अलग्गिएका हुन्।


ADVERTISEMENT


राजीनामा दिनेहरुमा माओवादी केन्द्रका मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराई रहेका छन् यस्तै नेकपा एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवालले राजीनामा दिएका छन् । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्रालयका राज्यमन्त्री शारदा थापाले समेत मन्त्री पद छाडेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले आज राजीनामा बुझाएका हुन् । मन्त्रीको राजीनामासँगै दुवै पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता दिएका छन् । यससँगै मधेश प्रदेशमा सरोजकुमार यादव नेतृत्वको सरकार संकटमा पुगेको छ भने एमाले र माओवादीले आफ्नो नेतत्वमा नयाँ सरकार गठनको तयारी थालेका छन् ।

केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्गिदै अशोक राई नेतृत्वको नयाँ जसपा बनेसँगै प्रदेशमा समेत त्यसको असर परेको हो ।