बुटवल – मध्यरातमा अचानक लेदो सहित आएको बाढीले बुटवलका विद्यालय, उद्योग र दर्जनौं घर प्रभावित भएका छन् ।


ADVERTISEMENT


बुटवलमा शनिबार मध्यरातदेखि अबिरल वर्षा भएको थियो । लामो समयपछिको वर्षाले किसानलाई राहत दिएपनि बुटवलमा समस्या पारेको छ । मध्यरातमा ज्योतिनगर हुँदै लेदो सहित आएको बाढी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो । बुटवलको व्यस्त बजार क्षेत्र अमरपथ, बिकासपथ, हाटबजार लाइन लगायतका सडकमा हिलो तथा पातपतिङ्गरले भरिएपछि डोजर लगाएर सफा गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बुटवल उपमहानगर पालीकाको कार्यलय, पश्चिम नेपाल बस व्यवसाय समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, राष्ट्रिय समाचार समिति राससको कार्यालयका फर्निचर, कागजात तथा लत्ताकपडामा क्षति भएको छ ।

बुटवलका दर्जनौ पसलहरुमा बाढी पसेर लाखौं रकम बराबरको आर्थिक क्षति भएको ब्यवसायीको दाबी रहेको छ । नाला साघुरीदै जाँदा बाढी बस्तीमा पसेको स्थानीय ब्यवसायीको भनाई रहेको छ । उपमहानगपालिकाको दमकलमा पानी ल्याएर सरसफाई गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

वर्षा सुरु हुनुभन्दा अघिनै बुटवलको मुख्य बजार अमरपथ, बिकासपथ डुबानमा परेको हो । यस क्षेत्रमा पहिले पनि डुबान हुने गरे पनि अहिले जस्तो हिलो डुबान कहिल्यै नभएको बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।