काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा  छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारीले अर्थमन्त्री स्वर्णीम वाग्लेबाट साे सम्मानपत्र ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

#


मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा लघुवित्त वित्तीय संस्थाहरूको श्रेणीमा सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्वमा योगदान पुर्‍याएको भन्दै छिमेक लघुवित्तलाई सम्मान प्रदान गरिएको हो ।

सरकारबाट प्राप्त सम्मानले संस्थाको वित्तीय अनुशासन, पारदर्शिता तथा राज्यप्रतिको कर दायित्व निर्वाहमा गरेको योगदानलाई प्रतिबिम्बित गरेको संस्थाको भनाइ छ । संस्थाले यस सम्मानलाई आगामी दिनमा पनि जिम्मेवार वित्तीय अभ्यास र संस्थागत सुशासनलाई निरन्तरता दिन थप प्रेरणाका रूपमा लिएको जनाएको छ ।


ADVERTISEMENT

#
#