काठमाडौँ– प्रहरीले सूर्यदर्शन सहकारीका संस्थापक तथा अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईको राहदानी खारेज गर्न राहदानी विभागलाई पत्राचार गरेको छ ।
सहकारी गठी प्रकरणमा फरार राईविरुद्व अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले राईविरुद्ध डिफ्युजन र रेड नोटिस जारी गरेको हो । डिफ्युजन नोटिसका आधारमा उनी मलेसियामा रहेका थिए ।
यससम्बन्धमा राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको स्रोत बताएको छ । राईविरुद्व विभिन्न सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।