काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउविरुद्व धनुषामा कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रर्दशन गरेको छ ।
अध्यक्ष सिरोहियाको पक्राउविरुद्व नेविसंघल धनुषा अदालतनजिक नाराबाजी गरेका हुन् ।
नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको छ। अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् ।
सिरोहियालाई मंगलबार प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका थिए ।


























































