जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि मंगलबार पक्राउ परेका सिरोहियालाई आज म्याद थपका लागि धनुषा पुर्याइएको हो ।
प्रहरीले अहिले अदालत आसपासको सुरक्षा व्यवस्थामा निकै कडाई गरेको छ । त्यहाँ उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएका छन् ।
अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।
नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।
सिरोहकियाको पक्राउ विरुद्व अदालत परिसरमा बिहानैदेखि कांग्रेस निकट नेवि संघले विरोध नाराबाजी गरिरहेका छन् । यस्तै पक्राउपछि सिरोहियाले पनि राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका छन् ।


























































