काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले चुरेक्षेत्र संरक्षण लगायत विभिन्न माग राख्दै काठमाडौंमा धर्ना बसिरहेका अभियान्ताहरुको मागको सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


चूरे बचाउन अभियान्ताहरुको माग जायज भएकाले तत्काल सरकारले उनीहरुको समस्या समाधान गर्नुपर्ने कांग्रेस नेता महरले बताए । चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भनदै उनले चुरे विनासले वातावरणमा प्रतिकुल असर गरिरहेको धारणा समेत राखे ।

चूरे वन जंगल संरक्षण सम्वद्र्धन, दलीत भूमिहिन सुकुम्वासीहरुको भूमि अधिकारका निम्ति र अवैध उत्खनन तथा सिर्सिया नदि लगाएतका नदिहरुको प्रदुषण एवं अतिक्रमणको विरोधमा उनीहरु सप्तरीको भारदह देखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पदयात्रा गरेका हुन् ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै गएका छन् । त्यसको असर चूरे क्षेत्रका बासिन्दालाई परेको पिडितहरुले जनाएका छन् ।