काठमाडौं- नेपाल प्रहरी श्रीमती संघले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिरहेको साप्ताहिक कार्यक्रमअन्तर्गत तनाव व्यवस्थापनसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।


ADVERTISEMENT


भृकुटीमण्डपस्थित नेपाल प्रहरी श्रीमती संघको सभाहलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष नविना खत्री कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन तथा कार्यस्थलमा सकारात्मक वातावरण निर्माणका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा संघकी महासचिव अन्जु कार्की, उपाध्यक्ष सुस्मिता के.सी., सचिव वरुणा थपलिया, संघका कार्यसमितिका पदाधिकारी, आसरा सुधार केन्द्रका प्रतिनिधि, वरिष्ठ प्रहरी अधिकृत तथा विभिन्न निकायमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन महाशाखा रामशाहापथ, नगर प्रहरी कार्यालय भृकुटीमण्डप, नेपाल प्रहरी श्रीमती संघ तथा नेपाल पुलिस हेल्थ क्लबमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिसहित जम्मा ४५ जना सहभागी भएका थिए।

नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको मानसिक स्वास्थ्य, मनोसामाजिक सुदृढीकरण र समग्र कल्याणलाई प्राथमिकतामा राख्दै यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।