काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ११० रुपैयाँले ओरालो लागेको छ ।


ADVERTISEMENT

#


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

#
#


पछिल्लो मूल्य गिरावटसँगै नेपाली बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।