काठमाडौँ – विभिन्न देश पठाइदिने भन्दै तीन सय बढीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढीसंग करिब १५ करोड रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवन घर भएका राज कुमार भट्ट, पोखरा घर भएका नविन विक र पवन पन्त रहेका छन् ।


ADVERTISEMENT

# # #


आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । विदेश जान चाहने मानिसहरुले सुरुमा केहि रकम जम्मा गरिदिएपछि नक्कली भिसा देखाउने गरेको समेत खुलेको उनले बताए ।

हालसम्म उक्त गिरोहले नेपालबाट ३०० जना भन्दा बढी मानिसहरुलाई विदेश पठाउँछु भनि विगत ३÷४ वर्ष देखि प्रतिव्यक्ति ५ देखि १० लाखका दरले हालसम्म १५ करोड भन्दा बढि रकम ठगी गरेको देखिएको भट्टराईले जानकारी दिए । त्यस्तै अमेरिका पठाइदिन्छु भन्दै ४ करोड भन्दा ठगि गर्ने नारायण कुमार खड्कालाई समेत गड्डाचौकीबाट पक्राउ गरी ल्याइएको उनले बताए ।

त्यस्तै प्रहरीले थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी रु. ४५ लाख ठगी गर्ने सर्लाही घर भएका मुन्न सिंह भनने सुजित कुमार सिंहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई भन्दै उक्त रकम ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।