काठमाडौँ– नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले अमेरिकामा आर्थिक अनियमता गरेको भन्दै छानविन समिति बनाउन माग गरेका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रिवितरण भइरहेको गुनासो आएकाले छानविन समिति बनाउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरुलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरु पनि मर्यादाहिन ढंगले बिक्रिबितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ ।

त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी हुन नपाएको बताए । नेपाली टीमलाई पराजित गर्नका लागि क्यान पदाधिकारी नै लागेको उनको भनाइ छ ।