काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अव उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारुहरुलाई ८ वर्ष जेल पठाइएको जिकिर गरे । जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उनले गृहमन्त्री समक्ष आग्रह गरे ।

उनले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको धारणा राखे । चौधरीले श्रीमान श्रीमतीबीच फाटो ल्याउन खोज्ने दलहरुले देशको विकास गर्न नसक्ने तर्क गरे ।

उनले आफुलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफु रतिभर पनि त्रसित नहुने बताए ।