काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए । उनले सत्ता टिकाउन आफुले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे । नेपालको इतिहासमा मधेशका शक्तिहरु तरवारको धारबाट हिडिरहेको र यसकाविरुद्ध हमेशा षड्यन्त्र हुँदै आएको उनले बताए । यादवले कुनै पनि पार्टी गैर मुद्धा, गैर सैद्धान्तिक आधारमा फुट्नु दुभाग्यपूर्ण घटना भएको उल्लेख गरे ।

उनले राजनीतिक बाटोमा हिड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको बताए । यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए ।