काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन्।


ADVERTISEMENT


रास्वपा केन्द्रीय कार्यालयमा सोमबार साँझ आयोजना हुने कार्यक्रममा गृहमन्त्री गुरुङले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रमको पहिलो चरणमा नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना समस्या, गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा भने नागरिकबाट आएका विषय तथा समसामयिक र नीतिगत मुद्दामाथि मन्त्री, सांसद र पार्टीको केन्द्रीय नेतृत्वबीच छलफल हुनेछ।

रास्वपाका अनुसार नागरिकका वास्तविक समस्या र सुझावलाई सरकार तथा पार्टीको नीति निर्माणसँग जोड्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

पार्टीले भदौ महिनादेखि सुरु गरेको यो कार्यक्रममार्फत नागरिक र राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवाद तथा सुझाव आदानप्रदानलाई प्राथमिकता दिइएको जनाएको छ।