बारा – बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषन कुसवाहामाथि गोली प्रहार भएको छ ।
शुक्रबार साँझ गाउँको घर खजुरियाबाट मोटरसाइकलमा कलैया जाँदै गरेको अवस्थामा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ मा अज्ञात समूहले कुसवाहामाथि गोली प्रहार गरेको हो ।
दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले अगाडिबाट रोकी पिठयुमा १ राउण्ड गोली प्रहार गरी घाइते बनाएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगाएको छ । घटनामा संलग्नको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























































