विराटनगर – कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले केदार कार्कीले हालेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुन लागेको हो । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी तोकिएको थियो ।
उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए । बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो । अब प्रतिवादीका तर्फबाट बहस हुनेछ ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएपछि एमाले संसदीय दलका नेता हिक्मतले मुख्यमन्त्री दाबी गरेका थिए । उनले पछिल्लोपटक वैशाख २७ गते एमाले(माओवादीका सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएर विश्वासको मतसमेत पाइसकेका छन्



























































