काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘वार्ताद्वारा सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्छ ।’ उनले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव दिए ।
विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् ।



























































