काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ।


ADVERTISEMENT


उपप्रमुख सुनिता डंगोलले सोमबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेकी हुन्।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो।