काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै राईलाई मलेसियाबाट ल्याउन नेपाल र मलेसिया सरकारबीच निरन्तर छलफल भइरहेको जानकारी दिए । उनले जीबी राइको पक्राउ आफ्नो पक्राउ ब्यग्र प्रतिक्षाको विषय भएको भन्दै कुटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्र समेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको आठ महिनापछि आफु सरकारमा आएको भन्दै उनलाई आकाश पातालबाट खोज्न आफू इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए । त्यस्तै उनले विभिन्न प्रकरणका फाइलहरु आफूले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए ।

लामिछानेले गिरिबन्धु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो उजुरीको प्रतीक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक, बाँसबारी जुता लगायतका फाइलहरु खुलेको पनि बताए ।