काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।
१५औँ महाधिवेशनबाट केन्द्रीय सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले ५औँ महाधिवेशनबाट केन्द्रीय सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘१५औँ महाधिवेशन भन्दा अगाडि नेपाली कांग्रेसको विधान संशोधन गरेर अब आउने दिनमा नेपाली कांग्रेस व्यवहारिक र वैज्ञानिक पार्टी बन्छ ।’
‘कांग्रेसले आफ्नो विधानसँग सँगै मुलुकको संविधान संशोधन हुन्छ । युवा नेता र अनुभवी नेताहरूले नेतृत्व दिनुपर्छ । नेपाली कांग्रेसका सभापतिले जनजातिलाई प्राथमिकता दिनुभएको छ’, उनले भने, ‘नेपाल तरुण दलको अध्यक्ष जनजाति, नेविसंघको अध्यक्ष जनजाति ।’
अब आउने एउटा महासमितिले बैठकले विधान संशोधन गरेर नेपाली कांग्रेसको केन्द्रीय सभापतिको चुनाव हुने, केन्द्रीय सभापति जित्नेले ८० प्रतिशत मनोनीत गर्न पाउने, निकटतम प्रतिद्वन्द्वीलाई २० प्रतिशत सम्बोधन गर्ने र सबै पदको निर्वाचन हुन नहुने उनको राय छ ।
‘वडादेखि केन्द्रसम्म निर्वाचन सभापतिको हुने । अरु भ्रातृ संगठन तोक्ने केन्द्रीय समितिले केन्द्रको तोक्ने । जिल्ला समितिले जिल्लाको तोक्ने, प्रदेश कार्यसमितिले प्रदेशको तोक्ने । वडाले वडाको तोक्ने । यसरी गर्ने हो भने पार्टीभित्र एकता हुन्छ’, सभापति बानियाँले भने ।
यसैगरि पार्टीभित्र जन्मिने गुट उपगुटले तहस नहस बनाउने बताउदैँ उनले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन गर्ने, राष्ट्रिय सभा पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड समेत दिए ।



























































