काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । बिहीबार पार्टीको महाधिवेशनको बन्दसत्रबाट भुसाल सर्वसम्मत चयन भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT


यसअघि अध्यक्ष पदका लागि दाबी गरिरहेका भुसाल आफ्नो दाबेदारीबाट पछि हट्दै अन्ततः महासचिव बनेका हुन् । पार्टीका निर्वाचित अन्य पदाधिकारी सहित सदस्यको घोषणा शुक्रबार गरिने खतिवडाले बताए । पदाधिकारीमा पुरानाका साथै नयाँ सक्रिय सदस्यहरु आउन सक्ने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले कार्यकर्ताको कामको मूल्याङ्कनका आधारमा नेताहरुलाई जिम्मेवारी प्रदान गर्ने बताए । आम प्रतिनिधिको भावना अनुसार नेतृत्व चयन गरिएको भन्दै पार्टीभित्र कुनै असन्तुष्टि नरहेको उनको भनाइ छ ।