काठमाडौँ – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सरकारले सन् २०१७ मा बीआरआइमा हस्ताक्षर गरेको र त्यसपछि मस्यौदा तयार भएको भन्दै यसलाई अघि बढाउने नीति सरकारको रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले बीआरआई ऋण हो वा अनुदान हो भन्ने प्रश्न उठ्ने गरेको भन्दै बीआरआई इम्पिलिमेन्टेसन प्लान कुनै आयोजना नभइ समझदारीको विस्तारित रुपमात्रै भएको जिकिर गरे । बीआरआइ अन्तर्गतका परियोजना भने दुवै देशले गरेका सहयोगको मापदण्ड र हित अनुसार ऋण वा सहुलियतपूर्ण अनुदान हुनसक्ने उनको भनाइ छ ।

उनले देशको आवश्यकता अनुसार आयोजना छनौट गर्ने र त्यसपछि मात्रै लगानीको बाटोमा छलफल हुने जिकिर गरे । मन्त्री श्रेष्ठले देशको हितमा रहेर नै अन्य देशसंगको परराष्ट्र सम्बन्ध अघि बढाइएको बताए ।

छिमेकीहरुलाई प्राथमिकता दिने मुलुकको परराष्ट्र नीति रहेको भन्दै विश्वमा प्रभावशाली भूमिका खेल्ने मित्र राष्ट्र, श्रम गन्तव्य भएका राष्ट्र लगाएतसंग दौत्य सम्बन्ध बढाउन केन्द्रित हुने उनले बताए ।

उनले नेपालको अन्तराष्ट्रिय सीमा रक्षाका लागि राष्ट्रिय सहमति कायम भएको भन्दै सीमा समस्या समाधानका लागि छिमेकी मुलुकसंग कुटनीतिक तवरले छलफल गर्ने जिकिर गरे ।