काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समिकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तिले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अब बन्ने सरकारले देशमा राजनीतिक स्थीरता हुनेमा शंका नै रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


राजनीतिक स्थीरताका लागि संविधानमा सुधार गर्ने भनिएतापनि संविधान भन्दा पनि दलका नेताहरुको प्रवृतिमा सुधार गर्नुपर्ने उनले जनाए । सांसद घर्तिले राजनीतिक परिर्वतन संगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए ।

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरुको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनको भनाई छ ।