काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारीका अवस्थाका बारेमा संघीय मामिला मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको समितिको १९ औं बैठकले सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिवका साथै नगरपालीका संघ, गाँउपालीका राष्ट्रिय महासंघ लगाएतका निकायसंग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगी सम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए । त्यस्तै थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझावहरु समेत आएको उल्लेख गरे ।

उनले सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि सरोकारवालासंग निरन्तर छलफल गर्ने र आवश्यक निष्कर्षमा पुगिने जानकारी दिए ।