राहुल गुप्ता, बारा- वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बारा जिल्लाको फेटा गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ।


ADVERTISEMENT


गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले वृक्षारोपण गर्दै वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले हरियाली विस्तारले वातावरणीय सन्तुलन कायम राख्न, स्वच्छ वातावरण निर्माण गर्न तथा जलवायु परिवर्तनका नकारात्मक असर कम गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।


ADVERTISEMENT

# # #


अध्यक्ष अन्सारीले गाउँपालिकाले आगामी दिनमा पनि विभिन्न स्थानमा वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै वातावरणमैत्री विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममार्फत हरियाली संरक्षण र वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।