काठमाडौँ– त्रिभुवन विमानस्थल खुलेको छ । जहाज दुर्घटनापछि बन्द गरिएको विमानस्थल उद्दार कार्य सकिएलगत्तै खुलेको हो ।
बुधवार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनापछि उद्दार कार्य जारी रहेकाले विमानस्थल केही समयका लागि स्थगित गरिएको थियो ।
जसकारण विमानस्थलका सबै उडान स्थगित भएको थियो भने आएका विमानहरु पनि आकाशमै होल्ड गरिएका थिए । यद्यपि अहिले उद्दार कार्य सकिएपछि विमानस्थल खुलेको छ ।



























































