काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि निरन्तर कुटनीतिक पहल भइरहेको जानकारी दिएकी छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिइन् । उनले रुसी सेनामा रहेका अन्य नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताइन् ।


ADVERTISEMENT

# # #


युक्रेन–रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको उनले जानकारी दिए । मन्त्री राणाले बेपत्ता भएका विपीन जोशीको सम्बन्धमा उद्दारका लागि नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको बताइन् ।

उनले बंगलादेशको हिंसाका कारण समस्यमा परेका नेपालीहरुलाई समयमा नै उद्दार गर्न सफल भएको धारणा राखिन् । हालसम्म बंगलादेशबाट करिव १७ सय नेपाली विद्यार्थीहरु फर्किसकेको उनको भनाइ छ ।

त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा राखे ।