काठमाडौँ – संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका विषयमा थप छलफल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसंग छलफल गरेपछि समितिले यस विषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो । अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ । त्यसअघि बैठकमा सांसदले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा प्रश्न राखेका थिए भने प्रधानले त्यसको जवाफ दिएका थिए ।


ADVERTISEMENT

# # #


समिति सदस्य महेश बर्तौलाले प्रधानका बिरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रका बारेमा नै प्रश्न उठिसकेपछि आफुलाई आरोपबाट मुक्त गर्ने आधारका बारेमा प्रश्न गरेका थिए ।

त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेदा निकै गम्भीर देखिएको र यसले उच्च नैतिक चरित्रको विषय आकर्षित हुनसक्ने उल्प्लेख गरे । समिति सदस्यहरुले प्रश्नको जवाफ दिदै प्रधानले आफुले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए । उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानुन विपरित काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए । अदालतमा मिलेरको बिषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रश्न गरे ।

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए । प्रधानविरुद्ध समितिमा यौन दुव्र्यवहार लगाएतका उजुरी परेका थिए । केही दिन अघि बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।