काठमाडौँ – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै केसीले नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको भन्दै यसको कार्यान्वयनले मात्रै मौद्रीक नीतिको लक्ष्य स्पष्ट हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजिएको जिकिर गरे । समग्र ऋणको प्रभिजनलाई १ दशमलव १ प्रतिशत झार्ने विषय सरकारात्मक रहेको उनले बताए ।

उनले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।