काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाउने निर्णय गरेको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


ADVERTISEMENT


घटाइएको नयाँ मूल्य बुधबार मध्यरातीदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ मा पाइनेछ भने झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँमा उपलब्ध हुनेछ ।