काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै गाडीहरु पार्टी कार्यालयमा थन्क्याइएको छ । पार्टीका नेताहरूले अबको ५ दिन सार्वजनिक यातायात मात्रै प्रयोग गर्ने भन्दै सबै गाडीहरु थन्क्याइएको हो ।


ADVERTISEMENT


पार्टीले पार्टीको दुई दिनको क्लोज क्याम्प सकिएपछि सार्वजनिक यातायात सुधारका लागि यसको अवस्था अवलोकन गर्न निजी गाडी थन्क्याएर सार्वजनिक यातायात प्रयोग गर्ने निर्णय गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार अतिआवश्यकतामा बाहेक सबै सांसद र केन्द्रीय सदस्यहरू अबको ५ दिन सार्वजनिक यातायात चढेर आफ्नो दैनिक कार्यमा सहभागी हुनेछन् ।