काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाले गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेकपाका नेता वर्षमान पुनले गणेश नेपालीको आत्मदाह घटनाले गम्भीर प्रश्न उठाएको भन्दै सरकारले यसबारे स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्।


ADVERTISEMENT

# # #


उनले जनतामा नयाँ आशा र विश्वास जगाएर बनेको वर्तमान सरकार अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। दुर्घटनाका कारणबारे सत्यतथ्य छानबिन गरी सरकार जवाफदेही बन्नुपर्ने उनको माग छ।

त्यसैगरी, उनले लुम्बिनी प्रदेशका १५ जना नेपाली नागरिक कम्बोडियामा अलपत्र परेको उल्लेख गर्दै उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिन र यथाशीघ्र उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।