राहुल गुप्ता, बारा – महागढीमाई नगरपालिकामा बीआईटी र बीसीए पठनपाठनका लागि थप नयाँ बहुमुखी क्याम्पसको स्थापना हुने भएको छ ।सो क्याम्पसको नाम महागढीमाई बहुमुखी क्याम्पस रहने छ ।


ADVERTISEMENT


महागढीमाई नगरपालिकाको सहकार्यमा राजर्षि जनक विश्व विद्यालय जनकपुरको सहयोगमा महागढीमाई नगरपालिकामा बीआईटी र बीसीएको पठन पाठन हुने नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले बताएका हुन् । महागढीमाई नगरपालिका वडा नं १ अवस्थित रहेका श्री गढीमाई बहुमुखी क्याम्पसको भवनमा बीआईटी र बीसीएको पठनपाठन गराइने छ ।


ADVERTISEMENT

# # #


जसका लागि राजर्षि जनक विश्व बिधालय जनकपुर उपकुलपति कार्यालयबाट आएका अनुगमन समिति, श्री गढीमाई बहुमुखी क्याम्पस र महागढीमाई नगरपालिकाबीच कक्षा सञ्चालन व्यवस्थापनका साथै नयाँ क्याम्पसको नामकरणसहित नगरपालिका कार्यालयमा आइतबार छलफल भएको हो ।

बीआईटी र बीसीए क्याम्पसको नाम महागढीमाई बहुमुखी क्याम्पस रहने र यस क्षेत्रका विद्यार्थीहरुलाई बीआईटी र बीसीए पठन पाठन गर्नका लागि अन्यत्र जानू नपर्ने यसै चालू आर्थिक वर्षदेखि कक्षा स१चालन हुने नगरप्रमुखले विश्वास दिलाए ।

राजर्षि जनक विश्व विद्यालयका उपकुलपति कृष्ण यादवका अनुसार महागढीमाई नगरपालिकामा विश्वको प्रसिद्ध गढीमाई मन्दिर पर्यटकीय क्षेत्र भएको हुनाले यस क्षेत्रलाई शिक्षाको हब बनाउन जरुरी रहेको छ । यस क्षेत्रमा देश तथा विदेशबाट पर्यटन आउने भएको हुनाले शिक्षाको स्तरलाई उच्च बनाउन आवश्यक रहेको उनले बताए । श्री गढीमाई बहुमुखी क्याम्पसमा बीआईटी र बीसीए तत्कालको लागि सञ्चालन हुने र नगरपालिकाले जग्गा ब्यवस्थापन गरेपछि महागढीमाई बहुमुखी क्याम्पस छुट्टै सञ्चालन हुने उपकुलपति यादवले बताएका छन् ।

राजर्षि जनक विश्व बिधालयबाट अनुगमनमा उपकुलपति अमरप्रसाद यादव, रजिस्ट्रार सत्यनारायण साह , व्यवस्थापन डिन विनोद साह, मानविकी कानुन संकायको डिन नरेन्द्र कटुवाल, कार्यकारी सदस्य अनिलकुमार साह राजवंशी, विश्व विधालय जनकपुर सभा सदस्य सुरेश कोइरी सहितको टोली आएूका थिए । छलफलमा श्रीगढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष विजय सुवर्णकार, उपाध्यक्ष जितेन्द्र गुप्ता सदस्य कैलाश महतो कोइरी ,क्याम्पसका प्र.अ ध्रवेन्द्र यादव, श्री गढीमाई महेन्द्र प्राविधिक विधालयका अध्यक्ष उपेन्द्र गुप्ता ,शिक्षक नेजाबुल अंसारी, दिनेश कुशवहा र समाजसेवीको उपस्तिथि रहेको थियो ।