काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले भ्रष्टाचारसम्बन्धी कुनै पनि प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका हुन् । कुनै पनि बेला भ्रष्टाचार गरेको छ भने अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै पाँच वर्षको सीमा हटाउनुपर्ने रास्वपाको मत रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


लामिछानेले कसैलाई देखाउनका लागि नभइ देशका लागि आफुले गृहमन्त्रालयमा रहदा काम गरेकाले अहिले नेतृत्व सम्हालेका मन्त्रीले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

त्यस्तै लामिछानले सार्वजनिक सवारीलाई प्रभावकारी बनाउनका लागि काम गरिरहेकाले त्यसलाई प्रभावकारी बनाउन आफ्नो अनुभवका लागि सार्वजनिक सवारी साधन चढेको स्पष्ट पारे ।