काठमाडौँ– गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
तिमिल्सिना ललितपुर महानगरपालिका(१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी कार्यालयले जनाएको हो ।
ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार ललितपरको भैँसेपाटीमा बसोबास गर्दै आइरहेका सुनसरीका स्थायी वासिन्दा गायक तिमिल्सिनालाई शनिवार साँझ ९ बजेको समयमा घरकै ओछ्यानमा मृत अवस्थामा फेला पारिएको थियो । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।



























































