काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिपद् जोखिमका बिषयमा आवाज उठाएपछि सभामुख अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन उहाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यसअघि बैठकमा सांसदहरुले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका थिए ।



























































