काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले आइतबार एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र वित्तीय संस्थाले देशभरका प्रादेशिक कार्यालय र शाखा कार्यालयका लागि दुई दर्जन भन्दा बढी कर्मचारी भर्नाका लागि खुला आवेदन खुला गरेको छ ।


ADVERTISEMENT

# # #


जस अनुसार एनआईसी एशिया लघुवित्तले व्यवस्थापकीय श्रेणीमा २ जना सहायक प्रबन्धक माग गरेको छ । यस पदका लागि पाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको,वरिष्ठ अधिकृत तहमा रही कम्तीमा २ वर्षको कार्य अनुभव वा अधिकृत तहमा रही कम्तिमा ४ वर्षको अनुभव हुने पर्ने छ ।

यस्तै २ जना वरिष्ठ अधिकृत, २ जना अधिकृत, २ जना कनिष्ठ अधिकृत, २ जना सुपर भाइजर, ३ जना वरिष्ठ सहायक र केही प्रशिक्षार्थी सहायक माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ ।

आवेदन दिन व्यवस्थापन श्रेणीको हकमा २१ वर्ष पूरा भई ५८ वर्ष ननाघेका तथा अधिकृत श्रेणीको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको हकमा १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनेपर्ने छ । तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने लघुवित्तले जानकारी दिएको छ ।

आवेदन दिनका लागि यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको वेभसाईटबाट आवेदन दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन: