काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।


ADVERTISEMENT


नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


मिस्रीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा लगायतका पदाधिकारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए । आइतबार नेपाल आएका सचिव मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, बिभिन्न दलका नेताहरुसंग भेटवार्ता गरेका थिए ।