काठमाडौँ – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसंग आग्रह गरेका छन् ।
सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिस्री नेतृत्वको टोलीले गरेको शिष्टाचार भेटका क्रममा सिंहले महाकाली नदीमा पुल नहुदा वर्षेनी नेपालीहरुले ज्यान गुमाउनुपरेकाले तुइन विस्थापीत गरी झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन् ।
जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए ।
भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समिक्षा, नेपालको शहरी विकासको क्षेत्रमा सम्भाव्य सहयोग लगाएतका बारेमा पनि कुराकानी भएको गेलालले बताए ।
त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने विषयमा छलफल भएको र सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।



























































