काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिप्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्याउने बताएका छन् ।
मंगलबार महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुराउने बताएका हुन् । उनले संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयक सदनमा पेश भएको भन्दै यहि अधिवेशनबाट पारित गर्ने जिकिर गरे ।
उनले उक्त विधेयक पिडितमैत्री र पीडित केन्द्रीत भएर बनाइएको भन्दै कोशेढुङ्गाको रुपमा पारित हुने धारणा राखे । त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता ताड्ने प्रयास भइरहेको बताए ।
उनले वर्तमान सरकारले देशबिरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे । उनले अहिलेको सरकारले आलोचना गर्ने ठाँउ नदिने गरी काम गर्ने समेत बताए ।
प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रहदा गरेका कामहरु गौरवबोध गर्ने प्रकारकै रहेको दावबी गरे । उनले अहिले फोटो टास्नका लागि नभई सकारात्मक काम गर्नका लागि प्रधानमन्त्री पद सम्हालेको पनि बताए ।



























































