काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरुको फोन आफुलाई आइरहेको भन्दै पाँच वर्षे हदम्याद राख्ने कुरा हुनै हालतमा मान्य नहुने बताएका हुन् । रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले देशका युवाहरुले देशको चिन्ता गर्दै सांसदहरुलाई झकझकाउनु सकारात्मक भएको धारणा राखे । हदम्यादको बिरोधमा सिंगो सदन एक ठाँउ उभिने उनको विश्वास छ । त्यस्तै लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपमा हेरेको भन्दै यसको स्पष्ट परिभाषा आउनुपर्नेमा जोड दिए ।

उनले राज्यको विभिन्न निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवारलाई प्रहरीले प्रक्राउ गरेको भन्दै आपत्ति जनाए । आफ्ना माग लिएर आन्दोलन गरिरहेकामाथि हस्तक्षेप गर्नुको साटो संविधानले निर्दिष्ट गरे अनुसार राज्यको बिभिन्न निकायमा उनीहरुको सहभागीता गराउनुपर्ने उनले बताए ।