काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दैछन् ।


ADVERTISEMENT


आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । अध्यक्ष प्रचण्ड संसदमा प्रमुख प्रतिपक्ष दलका नेता हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पचि भएको ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।