काठमाडौँ – नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुक्त राजनीतिक बिचारमा आधारित हिंसा नै भएको बताएका हुन् । माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको विषय आएको उनको भनाइ छ । उनले हिंसा शब्द गैरसंसदीय नभएको उल्लेख गरे ।
हिंसा शब्द गैरसंसदीय हुने पुष्टि गर्न उनले माओवादीलाई चुनौती दिए । बुधबारको संसद बैठकमा हिंसा शब्दका कारण एमाले र माओवादी सांसदबीच विवाद भएको थियो ।



























































