काठमाडौँ– नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारि वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भईरहेको छ।
अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट प्रारम्भ भइसकेको छ। विदेशी लगानीका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत ११ वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन् । नेपालमा नया प्रयोग भएको तथा देखासिकी र रहरमा खुलेका कम्पनिले उद्देश्य अनुसार काम गर्न सकेका छैनन् ।
राम्रो सम्भावना भएर पनि पुंजिको अभावमा धेरै उद्योग व्यवसाय राम्ररी चल्न सकेका छैनन् । सम्भावना भएका नया उद्योग व्यवसायमा जोखिम बढि हुने डरले बैकंहरु लगानीगर्न चाहदैनन् । यस्ता उद्योग व्यवसायमा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलले लगानी गर्छन् ।
नेपालमा संभावनाको आधारमा उद्योग व्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शि लेखा प्रणालि र व्यवस्थापन नहुने हुँदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानी गर्न सकेका छैनन् ।
यहि यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कृषि क्षेत्रका उधोग ब्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ।
नेक्सजेन म्यानेजमेन्टले पुर्ब बैकंर, नियमक निकायका पुर्व प्रमुख ,कृषि बिज्ञ र कृषि उध्धमिहरु संगको निरन्तर छलफल र संभाब्यता अध्यनपछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि प्रारम्भ गरेको हो ।
विभिन्न चरणको छलफल पछि प्रस्तावित कंपनिको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भयो । कम्पनिको तत्काल चुक्ता पुँजी ५० करोड र संचालनको एक वर्षभित्र १०० करोड बनाइने भएको छ।
कंपनिमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्वसाधारणको लागि १५ प्रतिशत शेयर छुट्याइनेछ। संस्थापक शेयरमध्ये ४५ प्रतिशत बैकं बिमा र सुचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत ब्यक्ति र प्राइभेट कंपनिको लागि छुट्याइनेछ।
प्रस्तावित भेन्चर क्यापिटल कंपनिमा सात सदस्यीय संचालक समिति हुनेछ। संस्थापकबाट पाच जना,सर्बसाधारणबाट एक जना र स्वतन्त्र संचालक एक जना हुनेछ।
नेपालमा विदेशी लगानकिा र स्वदेशी लगानीका भेन्चर क्यापिटल संचालनमा छन् । तर कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उधोग ब्यवसायको स्थापना ,संचालन र प्रबर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कंपनिको आवश्यकता भएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा प्रस्तावित कम्पनिका एक प्रबर्धक रमेश कुमार भट्टराईले बताए।
नेपाल कृषि प्रधान देश हो, ६५ प्रतिशतभन्दा बढि जनता कृषिमा निर्भर छन, जिडिपिमा कृषिको योगदान २४ प्रतिशत भन्दा बढि छ।कृषि क्षेत्रको विकास बिना देशको बिकास सम्भव छैन। जनताको जीवनस्तर र क्रय शक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उद्योग व्यवसायको विकास हुनैपर्छ । तर कृषिमा सोचे जस्तो लगानि हुन सकेको छैन । कृषिमा सरकारले दिएको सुबिधा पनि टाठा बाठाले पहुचको आधारमा दुरुपयोग गरेका छन।सहि कृषक र उध्धमिले पाउन सकेका छैनन् ।
सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ तर केही गर्न सकेको छैन । त्यसैलेजनस्तर र निजि क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा भेन्चर क्यापिटलको माध्यमले गर्न खोजेको भट्टराई बताउँछन् । धितोपत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टर वाईज फण्ड उठाएर लगानि गर्ने र संग सगैं अरु सेक्टरका उद्योग व्यवसायलाई पनि तेसै गरि क्रमसस् लगानि गर्दै बिकार र विस्तार गर्दै लान सकिने अध्यक्ष भट्टराईको विश्वास छ।
प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको संभाब्यता अध्ययन र आवश्यक तयारी भइसकेको छ । आउने हप्ताभित्र बैकं वित्तिय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीहरुलाई सम्पर्क गरि अघि बढ्ने भट्टराईले जनाए ।



























































