काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदले पारित गरेको विधेयक राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयक ऐन बनेर कार्यान्वयनमा आएको छ । यससँगै अब बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।
गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । त्यसपछि सभामुखले बुधबार प्रमाणीत गर्दै अन्तिम प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।



























































