काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति नलिएको स्पष्ट पारेका छन् ।
आईतबा काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने धारणा राखे ।
मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमले स्वतन्त्रतासँगै व्यावसायिक आचारसंहिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिदै प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारिता गर्नु रहेको उल्लेख स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै पत्रकारिताको व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्वको पनि उत्तिकै महत्त्व रहेको बताए । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै सरकारले सञ्चार क्षेत्रको स्वतन्त्रता, सुरक्षा र पेशागत वातावरण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए ।
मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनलाइ अधिकारको रुपमा नहेर्न आग्रह गर्दै सो विषयमा छलफका माध्यमबाट टुग्याँउनुपर्ने बताए । कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।



























































