काठमाडौँ – कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT


कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषसधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधिहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेका छन् ।

कम्पनीले उत्पादन गरी रहेका औषधिहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा गूड म्यानुफेक्चरिङ प्राक्टिसेस (जीएमपी) तथा पीड एडिटिटिभ्स एण्ड प्रि–मिक्सर क्वालिटी सिस्टम (एफएएमआई क्यूएस) अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्य रहेको छ ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्र प्राप्त गरि नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ र अन्य औषधिहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुको समेत उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पु¥याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटेरिनरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने यो पहिलो औषधि उद्योग हो ।