काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गरेका छन् ।


ADVERTISEMENT


यसैगरी उनले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन्। वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, ध्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित भएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस