काठमाडौँ – पैसाको अभावमा विदेश पढ्न रोकिनुभएको छ भने तपाईंको सपना राष्ट्रिय वाणिज्य बैँकले पूरा गरिदिने भएको छ । बैँकले विदेशमा पढाईका लागि जानेहरुलाई लक्षित गर्दै ‘आरबीबी शैक्षिक कर्जा’ योजना ल्याएको हो ।


ADVERTISEMENT


उक्त योजनामा कुनै पनि विद्यार्थीले विदेश पढ्नका लागि ५ लाख देखि १ करोडसम्मको शैक्षिक कर्जा पाइने बैँकले जनाएको छ । अध्ययन गर्नको लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा बैँकले उपलब्ध गराउने भएको हो । जस अन्तर्गत पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने व्यवस्था पनि बैँकले मिलाएको छ ।


ADVERTISEMENT

# # #


कर्जाबारे विस्तृत जानकारीका लागि नजिकैको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न सकिने बैँकको भनाई छ ।