काठमाडौँ– कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।


ADVERTISEMENT


कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत् रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप क्यास ब्याक योजना ल्याएको हो । बैंकले यहिँ भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रूपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको हो । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन्। बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।